Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

लोकप्रिया पुरस्कार प्रतिसरा सायमिलाई प्रदान गरिने

१९ मंगलबार , फाल्गुण २०८२६ महिना अगाडि

लोकप्रिया पुरस्कार प्रतिसरा सायमिलाई प्रदान गरिने

२०८२ फागुन १८ गते, काठमाडौं ।
साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सो पुरस्कारका लागि वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।

साहित्यकार सायमिका जि छकू नालिस भोँ (नेपालभाषा कवितासंग्रह), तिकिनंगु मि, प्रेशरकूकरया चिल्लाय् (नेपालभाषा कविता संग्रह), सिमाहस् व मेमेगु बाखं कथासंग्रह (अँग्रेजीबाट नेपालभाषामा अनुवाद), पाइलाहरुमै सडक (नेपालभाषाबाट नेपाली भाषामा अनुवाद), लिफस् (नेपालभाषा प्रवन्धसंग्रह), रंग दुने प्रतिसरा (नेपालभाषाका कविताहरुमा कोरिएका चित्रहरुको संगालो), नेवास् खँग्वस्या पिला (सहलेखन- नेपालभाषाका विविध शव्दहरुको संगालो), गुरुवर कवि पूर्ण वैद्यज्यूको साहित्यिक भीमरथारोहणको सम्झना संगालो (सहलेखन), लुमन्तिया खुसिबालय् बाबा विभूषण (नेपालभाषाका कथाहरु - नेपालीमा अनुवाद), Towards the horizon (कुलां थिइगु कुतलय् - नेपालभाषाका कविताहरुको अँग्रेजी अनुवाद संग्रह) र लुमन्ति (सम्पादन), पूर्ण वैद्यया साहित्यिक रचना (सह सम्पादन) तथा गीति सि.डी. अल्बमहरु उनैको यादमा, तिकि ( नुगस्या लसय् , तिकि तिकि र स्वतिकि लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।

वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन् ।

लोकप्रिया पुरस्कारूबाट यसअगि साहित्यकारहरु गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा।वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष, लक्ष्मीदेवी राजभण्डारी, डा। गार्गी शर्मा, प्रा।डा। उषा ठाकुर, सुशीला भण्डारी, रन्जुश्री पराजुली, उन्नती बोहरा “शीला”, गोमा शर्मा ९गुहावटी०, रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, पूनम काफ्ले, अमेरिका, गङ्गा कसजु, डा। ज्ञानु पाण्डे, सुशीला देउजा, गीता क्षेत्री (दार्जीलिङ), वीणा हाङ्खिम (दार्जीलिङ), डा. पुष्पा शर्मा (सिक्किम), लतिका जोशी (सिलगढी) र सुर्जना शर्मा सम्मानित भइसकेका छन् ।