Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

काभ्रेकाे सबै मतदान केन्द्रमा पुग्याे निर्वाचन समाग्री

१९ मंगलबार , फाल्गुण २०८२७ घण्टा अगाडि

काभ्रेकाे सबै मतदान केन्द्रमा पुग्याे निर्वाचन समाग्री

संघीय राजधानी काठमाडाैँसँग जाेडिएकाे काभ्रेपलाञ्चोक जिल्लाकाे सबै मतदान केन्द्रमा पुग्याे निर्वाचन समाग्री पुगेकाे छ । जिल्लाकाे दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पुगेकाे प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

यसअघि आइतबारदेखि सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । हिजाे सोमबारसम्म काभ्रेका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले जनाएका छन् ।

काभ्रेकाे दुई निर्वाचनमा क्षेत्रमा ४ सय मतदान केन्द्र तोकिएका छन् भने प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरले कर्मचारी खटिएका छन् । यहि फागुन २१ गते बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ फर्किने मतदाताकाे काठमाडाैँकाे जडिबुटी क्षेत्रमा भिड लागेकाे छ ।