
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरिएकाे छ । पर्सा जिल्ला प्रशासन कार्यालयले सोमबार मध्यरातीदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको हाे ।
पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरिएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिएका छन् ।
यहि फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म ७२ घण्टा सीमानाका बन्द गर्ने निर्णय भएको हाे । यसअघि देखिनै निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने गरेका छन् ।


