Advertisement Banner
Advertisement Banner

१८ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

हाेली पर्व मनाइँदै

१८ सोमबार , फाल्गुण २०८२६ घण्टा अगाडि

हाेली पर्व मनाइँदै

आज रंगहरुकाे चाड हाेली पर्व मनाइँदैछ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा एक-अर्काबीचमा रङ दलेर मनाउने होली पर्व धुमधामका साथ मनाइँदै छ ।

फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन काठमाडौंको वसन्तपुर, टुँडिखेल लगायतका स्थानमा मानिसहरू उपस्थित हुन थालेका छन् । वसन्तपुर दरबार क्षेत्रमा हप्ता दिनअघि चीर ठड्याएर सुरु गरिएको चीर पूजा गर्ने मानिसहरूको यतिबेला भीड लाग्न थालेकाे छ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा रहेकाे छ । अहिले काठमाडौंका विभिन्न स्थानमा होलीको रौनकले वातावरण हर्षोल्लासमय बनेकाे छ भने उपत्यकाकाे सबै गल्लीहरुमा साना-साना बालबालिकादेखि सबै उमेर समुहका मानिसहरूले रंग दलेर हाेली पर्व मनाइरहेका छन् ।