
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ५ हजार ६ सय र चाँदी प्रतितोला रु २ सय ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा काराेबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ७ सय ४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २ सय ७८ र चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।


