Advertisement Banner
Advertisement Banner

१६ शनिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

प्रेस काउन्सिलको आग्रह

१६ शनिबार , फाल्गुण २०८२११ घण्टा अगाडि

प्रेस काउन्सिलको आग्रह

BBC World Service बाट २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा २०८२ फागुन १४ गते  Shot Like Enemies: Inside Nepal's Gen Z uprising  विषयक डकुमेन्ट्री बिबिसीको युट्युब च्यानलबाट समेत सम्प्रेषण भएको देखिएको छ । निर्वाचन मितिको सम्मुखमा विदेशी सञ्चार माध्यमबाट डकुमेन्ट्रीको नाममा निर्वाचनलाई प्रभावपार्ने किसिमबाट यस्ता सामग्री सम्प्रेषण भएको र उक्त डकुमेन्ट्रीलाई कतिपय नेपालका सञ्चार माध्यम र सोका सामाजिक सञ्जालबाट समेत पुनः प्रकाशन÷प्रसारण÷सम्प्रेषण भइरहेको भनी काउन्सिलमा उजुरी समेत आएको हुँदा त्यसप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।  
Gen-Z पुस्ताले गरेको आन्दोलनका क्रममा भएका घटनाहरुका बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न बनेको अधिकार सम्पन्न उच्चस्तरीय आयोगले अनुसन्धान गरिरहेको र सोको प्रतिवेदन आइनसकेको अवस्थामा निर्वाचन मितिको सम्मुखमा निर्वाचनलाई प्रभावपार्ने किसिमबाट विदेशी सञ्चार माध्यमबाट डकुमेन्ट्रीको नाममा यस्ता सामग्री सम्प्रेषण हुनु संवेदनशील विषय हो । बिबिसी  (BBC) विदेशी मुलुकबाट सञ्चालित भएको हुँदा उक्त सञ्चार माध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषयमा यस काउन्सिलको स्पष्ट क्षेत्राधिकार भएको नदेखिएको हुँदा कुटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्ने आज (२०८२÷११÷१५मा)  बसेको काउन्सिलको बैठकले निर्णय गरेको छ ।
पत्रकार आचारसंहिता, २०७३ को दफा ११ को अधिनमा रही बनेको ‘पत्रकार आचारसंहिता उजुरी र कारबाही सम्बन्धी कार्यविधि, २०७५ को दफा ५(ठ) मा ‘विदेशबाट सञ्चालित अनलाइन वा अन्य माध्यमविरुद्ध उजुरी परी कारबाही चलेकोे अवस्थामा नेपाली नागरिक भएको भए त्यहाँस्थित नेपाली दूतावास र विदेशी नागरिक भइसकेको भए कुटनीतिक माध्यमबाट समन्वय गर्नुपर्दछ’ भन्ने व्यवस्था रहेको छ भने निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ मा ‘सञ्चार प्रतिष्ठान, सम्वद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण’ तोकिएको छ । सोही आचारसंहिताको परिभाषा खण्डको (ञ) मा  ‘सञ्चार प्रतिष्ठान’ भन्नाले सञ्चार सम्बन्धी कुनै व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भएको सरकारी वा सामुदायिक वा निजी सञ्चार माध्यम वा संगठित संस्था सम्झनुपर्दछ’ भन्ने उल्लेख छ । त्यसैगरी निर्वाचन आचारसंहिता, २०८२ को दफा २५(१)(ट) मा ‘नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुनः प्रकाशन वा प्रसारण गर्न नहुने’ व्यवस्था रहेको छ ।
 पछिल्लो समय कतिपय नेपाली सञ्चार माध्यमबाट  BBC World Service  ले सम्प्रेषण गरेको डकुमेन्ट्रीलाई त्यसको विश्वसनीयताको परीक्षण नै नगरी आफ्नो धारणासहित विश्लेषण गर्दै सामग्री सम्प्रेषण भइरहेको देखिएको छ । जसबाट पत्रकार आचारसंहिता, २०७३ दफा ४(३), ४(६), ५(२)(२) र निर्वाचन आचारसंहिता, २०८२ का दफा ४(प) र दफा २५(१)(ट) प्रतिकूल हुनेतर्फ सम्वद्ध सबैको ध्यानाकर्षण गराउँदै त्यस्ता सामग्री सम्पेषण गर्ने सञ्चार माध्यमलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।
प्रेस काउन्सिल नेपाल राष्ट्रिय÷अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रताको सम्मान गर्दछ । तथापि निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पु¥याउने, मतदातालाई दिग्भ्रमित गर्ने खालका, निष्पक्ष मतदानमा असर पुग्ने गरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चार माध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभाव पार्ने प्रकारका सामग्री निर्वाचन सम्पन्न नभएसम्मका लागि पुनः प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने आजै बसेको काउन्सिलको बैठकको निर्णयानुसार आमसञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गर्दछ ।