Advertisement Banner
Advertisement Banner

१६ शनिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

निर्वाचनको सन्दर्भमा बास नेपालको आह्वान

१६ शनिबार , फाल्गुण २०८२११ घण्टा अगाडि

निर्वाचनको सन्दर्भमा बास नेपालको आह्वान

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो । भ्रष्टाचारको विरुद्धमा जेनजि पुस्ताले गरेको आन्दोलन पश्चात हुन गइरहेको यो निर्वाचन महत्वपूर्ण छ । देशलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्वनैं योग्य र सक्षम हुनुपर्दछ । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरुलाई बागेश्वरी असल शासन क्बल ९बास नेपाल० तपसिल बमोजिम आह्वान गर्दछ । 

१। निर्वाचन पूर्व, निर्वाचनको समय ९मतदाता र मतगणनाको चरण० र निर्वाचन परिणाम पश्चात मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न, भयरहित वातावरणमा स्वतन्त्र तवरले मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई आह्वान गर्दछ । 

२। निर्वाचनलाई, स्वच्छ, निष्पक्ष र विश्वस्निय रुपमा संचालन र सम्पन्न गराउन, अनियन्त्रित रुपमा हुनसक्ने निर्वाचन खर्च, तडक भडक, एआई तथा सूचना प्रविधिको माध्यमबाट सामाजिक संजालहरुको अवान्छित प्रयोग लगायत जारी गरिएको निर्वाचन आचार संहिताको उल्लघन हुन नदिन र भएमा कानुन वमोजिम सख्त कार्वाही गर्न निर्वाचन आयोगसँग जोडदार माग गर्दछ । 

३। मतदातालाई उपयुक्त र योग्य उम्मेदवारलाई आफ्नो मत प्रदान गर्ने अवसर दिन, निर्वाचन आचार–संहिता अनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, डिजिटल वा अन्य माध्यमबाट आफ्नो चुनावी फाइदाको लागि झुटा आस्वासन सहित प्रचार नगर्न र नगराउन राजनीतिक दलहरुलाई बास नेपाल आह्वान गर्दछ । निर्वाचनको प्रचार प्रसारमा गरिने अपारदर्शी र अत्यधिक खर्च तथा आर्थिक लेनदेन भ्रष्टाचारको मूलकारण मध्येको एक भएकोले तोकिएको सिमा भित्र रही पारदर्शिरुपमा खर्च गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछ । 

४। निर्वाचनमा विभिन्न दलहरूबाट वा स्वतन्त्र रुपमा भाग लिने उम्मेदवारहरूले प्रचार प्रसार, मतदान पूर्व, मतदानको समय, मतगणनाको समय र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण र शिष्टताको प्रस्तुती गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबैमा अनुरोध गर्दछ । 

५। कसैको लोभ–लालच, डर–त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न, हाम्रालाई होई, राम्रालाई, भ्रष्टलाई होईन, ईमान्दारलाई छान्न सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ । 

६।निर्वाचनको क्रममा उम्मेदवार वा दललाई चन्दा, सहयोग दिने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूका साथै चन्दा लिने दल वा उम्मेदवारहरुले सहयोग पारदर्शी गर्न र निर्वाचन आचार–संहिता प्रतिकुल हुनेगरी प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सहयोग नदिन अनुरोध गर्दछ । 

७। प्रतिनिधि सभाको आसन्न निर्वाचनको प्रत्येक चरणमा सञ्चार क्षेत्रले निष्पक्षता कायम गर्दै निर्वाचन आचार–संहिताको पालना गरि उम्मेदवारहरुको सदाचार प्रतिको प्रतिवद्धता सम्बन्धि स्पष्टता ल्याउन, मतदाताको भूमिका र सहभागिता बढाउन सहयोग गर्न अनुरोध गर्दछ । 

८। निष्पक्षता कायम गर्दै निर्वाचनलाई भयरहित, भ्रष्टाचारमुक्त बनाउन निरन्तर खवरदारी गर्न समस्त नागरिक समाजलाई बास नेपाल आह्वान गर्दछ । 

शिब कुमार बर्मा 

नमस्कार शाह 

केन्द्रीय अध्यक्ष,  कार्यकारी निर्देशक बास नेपाल बास नेपाल