Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटिदै

१५ शुक्रबार , फाल्गुण २०८२४ घण्टा अगाडि

निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटिदै

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटिदै छन् । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा कर्मचारी खटिन लागेका हुन् ।

यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएसंगै देशभर कर्मचारी खटिन लागेका हुन् । देशभर ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १ सय ४३ अस्थायी केन्द्रमा उक्त कर्मचारी खटाउने भएको हो ।

निर्वाचन आयोगका अनुसार ५ सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा ८ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताइएको छ । मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

अहिलेको निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र आज देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको समेत आयोगले जानकारी दिएको छ ।