Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

अपराध विरुद्ध प्रहरी सकृयता

१५ शुक्रबार , फाल्गुण २०८२५ घण्टा अगाडि

अपराध विरुद्ध प्रहरी सकृयता

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं, १५ फागुन । सुनसरी, धरान उपमहानगरपालिका १५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय १८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका(४ आइतबारे डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका(१० घर भएका १९ वर्षीय आकाश कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
बारा, जीतपुरसिमरा उपमहानगरपालिका १४ बोडिङ स्कुल टोल बस्ने २२ वर्षीय निशान उप्रेतीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३३ एम्पुल सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
    रूपन्देही, सिद्धार्थनगर नगरपालिका(९ सानो दुमदुमुवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल र फेनारगन ८ एम्पुल सहित ओमसतिया गाउँपालिका ३ बडसारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको युपि ५३ एएम ९७५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
    बाँके, कोहलपुर नगरपालिका ८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी बाँके, कोहलपुर नगरपालिका(९ झण्डहवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका ९ झण्डहवा बस्ने २२ वर्षीय सुवास थारूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका २० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कञ्चनपुर, बेदकोट नगरपालिका(१० दैजी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० बस्ने २३ वर्षीय सन्तोष सार्की र २८ वर्षीय उद्धव सिह साहु रहेका छन् । अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, धनगढी उपमहानगरपालिका १९ बहुलिया बस्ने २१ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ओखलढुङ्गा, १५ फागुन .   ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालि ४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
    विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।