Advertisement Banner
Advertisement Banner

०२ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सुनको मूल्यमा घट्दा चाँदीको मूल्य बढ्यो

१५ शुक्रबार , फाल्गुण २०८२२ महिना अगाडि

सुनको मूल्यमा घट्दा चाँदीको मूल्य बढ्यो

आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ५ सय रुपैयाँले गिरावट आएको हो ।

गिरावट आएसंगै आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मुल्य तोलाको ६ सयले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।