Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

निर्वाचनमा ३ लाख बढी सुरक्षाकर्मी परिचालन

१५ शुक्रबार , फाल्गुण २०८२७ घण्टा अगाडि

निर्वाचनमा ३ लाख बढी सुरक्षाकर्मी परिचालन

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरेको छ । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा  निर्वाचन प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो ।

जसमा नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरीबाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको हाे । निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक आयुक्त सगुन शमशेर जबराका अनुसार अहिलेसम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको बताइएकाे छ ।

आयोगले समय समयमा सुरक्षा निकायका प्रमुखसँग देशभरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिइरहेको बताउँदै कुनैपनि सुरक्षा चुनौतीको रिपोर्टिङ नभएको जानकारी दिएकाे छ । निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साेहि बमाेजिम अहिले नेपाली सेना सहितकाे सुरक्षाकर्मी परिचालन गरिएकाे हाे ।