Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

१५ शुक्रबार , फाल्गुण २०८२८ घण्टा अगाडि

पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

अहिले नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज देशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न भागको मौसममा परिवर्तन आएको हाे ।

आज दिउँसो तराईका जिल्लाहरूमा दिउँसोको समयमा मौसम मुख्यतया सफा रहेपनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली रहनुका साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने बताइएकाे छ । कोशी, बागमती र गण्डकीकाे केही स्थान र अन्य प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ ।

आज राति देशका हिमाली भेगकाे मौसम साधारणतया बदली रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने तराईको मौसम सफा रहने विभागले जनाएकाे छ । रातिको समयमा तराईका केही स्थानमा तुवाँलो लाग्ने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिउँ पर्ने सम्भावना रहेकाे छ ।