Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

निर्वाचन सामग्रीसहित मतपत्र ७५ जिल्लामा पुग्याे

१३ बुधबार , फाल्गुण २०८२एक महिना अगाडि

निर्वाचन सामग्रीसहित मतपत्र ७५ जिल्लामा पुग्याे

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुगेको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको बताइएकाे छ । बाँकी दुइ जिल्ला काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भाेलि बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ ।