Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी

१३ बुधबार , फाल्गुण २०८२५ महिना अगाडि

ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी

उपत्यकाको ट्राफिक प्रहरी व्यवस्थापनमा निर्वाचन प्रहरी खटिन थालेका छन् । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो ।

अहिले ट्राफिक प्रहरीको संख्या न्यून हुँदा उपत्यकाको सडकमा अव्यवस्था बढेपछि त्यसकाे व्यवस्थापनमा निर्वाचन प्रहरीले सडक अनुशासन कायम गराउने प्रयास गरिरहेका छन् । काठमाडाैँकाे विभिन्न चाेकहरूमा निर्वाचन प्रहरीले ट्राफिक व्यवस्थापनकाे काम गरिरहेका हुन् ।