Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाँच राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

१२ मंगलबार , फाल्गुण २०८२११ घण्टा अगाडि

पाँच राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका आवासीय तथा गैरआवासीय राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

नेपालका लागि आवासीय राजदूतका रुपमा अस्ट्रेलियाका साइमन जर्ज अन्स्र्ट, साउदी अरबका फहद मोहम्मद अज्मी मनिख्र र चीनका झाङ माओमिङले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

त्यस्तै, गैरआवासीय राजदूतहरु माल्दिभ्सका आइसाथ अजिमा र तुर्कियेका अलि मुरात एर्सोयले पनि प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नुपूर्व नवनियुक्त राजदूतहरुलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।