Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शान्ति सुरक्षामा असर पुर्याउने गतिविधि बन्द गर्न आग्रह

१२ मंगलबार , फाल्गुण २०८२११ घण्टा अगाडि

शान्ति सुरक्षामा असर पुर्याउने गतिविधि बन्द गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षामा प्रभाव पार्ने गतिविधि बन्द गर्न आग्रह गरेको छ । चुनावमा असर पार्नसक्ने गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा राजनीतिक दलका कार्यकर्ता तथा धार्मिक समूहबीच भएको झडपका कारण निषेधाज्ञासमेत जारी गर्नुपरेको अवस्थाले शान्ति सुरक्षामा थप चूनौती थपिएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

‘राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुले एकअर्को दल, उम्मेदवार र नेताहरुप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्तिसुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चूनौती सिर्जना हुनसक्दछ,’ आयोगले भनेको छ ।

आयोगका अनुसार अनुगमनका क्रममा चुनावी प्रचारप्रसार र राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गरेको, निर्वाचन आचारसंहिता पालना नगरेको पनि पाइएको छ । आयोगले चुनावमा बालबालिकाको प्रयोग हुन नदिन दल, नागरिक समाज, विद्यालय, शिक्षक, अभिभावकहरुलाई पनि आग्रह गरेको छ ।

साथै, चुनावलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न गर्न धैर्यता र संयमता अपनाउन, अमर्यादित र घृणायुक्त एवम् सामाजिक तथा साँस्कृतिक सद्भाव विथोलिने अभिव्यक्ति नदिन र त्यस्ता सामग्री प्रकाशन–प्रशारण नगर्न, शान्ति सुरक्षामा प्रभाव पार्ने गतिविधि बन्द गर्न तथा मानव अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।