Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

१२ मंगलबार , फाल्गुण २०८२११ घण्टा अगाडि

निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

यहि फागुन २१ गते हुन लागेकाे प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारकाे आज बसेकाे मन्त्रिपरिषद् बैठकले २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । यसअघि निर्वाचन आयोगले निर्वाचनको सन्दर्भमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

आयोगले सिफारिस गरे अनुसार फागुन २०, २१ र २२ गते बिदा दिन लागिएकाे हाे । हाेलि, निर्वाचन, चाडपर्व र साप्ताहिक बिदासहित यसपटक झन्डै एक सातासम्म सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द हुने अवस्था देखिएको छ । होली, निर्वाचन बिदा, शनिबार तथा महिला दिवसको अवसर पारेर समग्रमा निर्वाचनताका करिब एक सातासम्म बिदा हुने भएको हाे ।