Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

११ सोमबार , फाल्गुण २०८२२ महिना अगाडि

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढ्न थालेकाे छ । जसअनुसार आज सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

हिजाे सुन तोलाको ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । हिजाे प्रतिताेला ५ हजार ६ सय रुपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि निरन्तरता दिँदै ३ हजार २ सय रुपैयाँले बढेकाे महासंघले जनाएकाे छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे आइतबार चाँदी ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।