Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

आचारसंहिता पालन गर्न जनप्रतिनिधिलाई आग्रह

११ सोमबार , फाल्गुण २०८२८ महिना अगाडि

आचारसंहिता पालन गर्न जनप्रतिनिधिलाई आग्रह

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी नहुन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न उक्त आग्रह गरेको हो ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराउँदै साे आग्रह गरेको हो । निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालनाको लागि राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षकाे अनुगमन गरिरहेको बताएकाे छ ।  

स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकाेमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन सचेत गराएको छ ।

निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमासंलग्न हुनसक्ने भएपनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेकाे छ ।