
जनकपुरधाम उपमहानगरपालिका-४, बाट प्रहरीले साढे ३ सय किलाे गाँजा बरामद गरेकाे छ । गएराति जनकपुरधाम उपमहानगरपालिका-४, शान्ति टोलबाट अवैध लागू औषध गाँजा करिब ३ सय ५७ किलोग्राम बरामद गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.७ ख २२३७ नम्बरको टिपरमा रहेका व्यक्तिहरू टिपर छोडी फरार भएका थिए भने उक्त टिपरबाट झारी भुईँमा राखिएको ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेकाे हाे ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी जारी राखेकाे छ भने यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।


