
आगमी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिरा बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । प्रशासन कार्यालयका अनुसार फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको हाे ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसार नियमनका लागि बिक्री वितरणमा र उपभोगलाई व्यवस्थित गर्न व्यवसायीहरूसँग छलफलपछि कडाइ गर्ने निर्णय भएको बताइएकाे छ । त्यस्तै मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री वितरणमा पूर्ण रूपमा निषेध गर्ने, फागुन ११ देखि २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत थारूले जनाएका छन् ।
व्यवसायीहरूसँगको छलफलपछि मदिराजन्य वस्तु बिक्री वितरणमा तथा ओसारपसार नियमन गर्ने निर्णय गर्दै यदि उक्त निर्णयको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताइएकाे छ । आसन्न निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।


