
आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गतकाे उक्त सडकमा बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।
वीरगन्जबाट चितवनतर्फ गइरहेको बा प्र ०६–००१ ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार उक्त दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएको बताइएकाे छ ।
उक्त दुर्घटनाका घाइतेहरुकाे उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताएका छन् ।


