Advertisement Banner
Advertisement Banner

११ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

संखुवासभामा भूकम्प गयाे

१० आइतबार , फाल्गुण २०८२१७ घण्टा अगाडि

संखुवासभामा भूकम्प गयाे

आज बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान साढे ७ बजे ४ दशमलव १ म्याग्नीच्युटको भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३१ मिनेटमा संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे बताइएकाे छ । यसअघि गत माघ २५ गते साँझ इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको थियाे ।

पछिल्लाे समय पूर्वी नेपालकाे विभिन्न भागमा साना ठूला भूकम्प जाने गरेकाे छ ।