Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रधानमन्त्री कार्की मुक्तिनाथमा

०८ शुक्रबार , फाल्गुण २०८२१६ घण्टा अगाडि

प्रधानमन्त्री कार्की मुक्तिनाथमा

प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको मुक्तिनाथ पुगेकी छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा हुँदै मुस्ताङको जोमसोम र मुक्तिनाथका लागि निस्किएकी हुन् ।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार उनी मुक्तिनाथको दर्शन गरेर जोमसोम आइपुग्ने जनाएकी छन् । प्रधानमन्त्री कार्कीले त्यहाँ निर्वाचन कार्यालयमा पुगेर निर्वाचनको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ ।

त्यसपछि सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने र पुन: पोखरा फर्किने कार्यक्रम रहेको उनको स्वकीय सचिव आदर्श श्रेष्ठले बताएका छन् । त्यसपछि भोलि बिहान लुम्बिनी प्रदेश तालिम केन्द्रमा प्रदेश स्तरीय निर्वाचन प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने कार्य तालिका रहेको छ ।