Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सात महिनामा सवा ३ लाख पर्यटक मुस्ताङमा

०८ शुक्रबार , फाल्गुण २०८२१६ घण्टा अगाडि

सात महिनामा सवा ३ लाख पर्यटक मुस्ताङमा

हिमाला पारीको जिल्ला मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा सवा ३ लाख भन्दा बढी पर्यटक पुगेका छन् । चालु आवको साउनदेखि माघसम्म ३ लाख २५ हजार ५ सय ५८ पर्यटक मुस्ताङ पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आवको ७ महिनामा विदेशी ६९ हजार ८ सय १४ र स्वदेशी २ लाख ५२ हजार ६ सय ६४ पर्यटक मुस्ताङ पुगेका हुन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७ सय ८१, भदौमा २३ हजार २ सय ५, असोजमा ७५ हजार ५ सय ९९, कात्तिकमा ८३ हजार ७ सय ६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १ सय ५३ र माघमा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।

गत वर्षको साउनदेखि माघसम्म ३ लाख ४० हजार ७ सय २९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्क अनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १ सय ७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन् ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बर्सेनी सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको छ ।