
देशकाे विभिन्न भागबाट लागूपदार्थसहित झण्डै डेढ दर्जन पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लागूपदार्थसहित १६ जना पक्राउ परेकाे बताइएकाे छ ।
पक्राउ पर्नेमा झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जना रहेका छन् । अभियुक्तहरूबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ ।
बुधबार र बिहीबार नियमित सुरक्षा गस्ती गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।


