
अवैध लागूऔषध सहित १७ जना पक्राउ
काठमाडौं, ७ फागुन . कैलाली, टीकापुर नगरपालिका ९ मोहना नदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका ३ लायकपुर शिविर बस्ने २५ वर्षीय उमेश साउद समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका १ बस्ने २३ वर्षीय सन्तोष बिकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका ५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका(२ फुलबारी टोल बस्ने २१ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका ७ कानेपोखरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट र स्पास्पेन १६ ट्याब्लेट, सहित सोही गाउँपालिका(७ पच्चिस बिघे बस्ने २५ वर्षीय अमर लिम्बुलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका १० ग्रामिण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुखिपुर नगरपालिका ८ घर भएकी २१ वर्षीया पिरती कुमारी चौधरी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्र.२.०१.००१ प ४४०९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कास्की, पोखरा महानगरपालिका १८ सौर्यखोलाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ सय ३६ एम्पुल, डाइजेपाम २ सय ३५ एम्पुल र फेनारगन २ सय ३५ एम्पुल सहित सोही ठाउँ बस्ने ४१ वर्षीया दिपा भन्ने कुलमाया पाइजा समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ग. प्र.०१.००१ प ५९१८ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका ४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट र ट्रामाडोल ३२ ट्याब्लेट सहित अछाम पन्चदेवल नगरपालिका(१ बस्ने ३१ वर्षीय जिवन बटाला समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१२ सोलामारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका १३ बनस्पती बस्ने ३८ वर्षीय निर बहादुर भोलन समेत २ जनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरी समेतबाट खटिएको बा। प्र.०३.००५ प २४१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दश थान भरूवा बन्दुक बरामद
काठमाडौं, ७ फागुन । कास्की, माछापुच्छे गाउँपालिका ९ तकरू जंगलबाट ८ थान र सोही गाउँपालिका २ नेपराङ जंगलबाट १ थान भरूवा बन्दुक बुधबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडाबारी र प्रहरी चौकी सर्दिखोलाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेका ती बन्दुक फेला पारी बरामद गरेको हो ।
प्युठान, ऐरावती गाउँपालिका(६ थामस्थित हरियाली सामुदायिक वनबाट १ थान भरूवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारी बरामद गरेको हो ।
अवैध लागूऔषध सहित १७ जना पक्राउ
काठमाडौं, ६ फागुन । कैलाली, धनगढी उपमहानगरपालिका १३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१३ श्रीलङ्का बस्ने २७ वर्षीय बल बहादुर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका ३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ७ सय ५० मिलिग्राम र १ थान तराजु सहित सोही नगरपालिका(३ बस्ने २७ वर्षीय अनुज रावत समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका(१९ बागफाँटा घर भएका २७ वर्षीय सुनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका २ बौनियागाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल कुमार चौधरी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका(१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका ३ बस्ने २४ वर्षीय बिनोद ओडलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, चौकुने गाउँपालिका ७ नेताचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १४ ट्याब्लेट सहित सोही गाउँपालिका(८ बस्ने २० वर्षीय प्रतिक उपाध्याय समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका ३ आँखा अस्पताल चोकस्थित गेष्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल र सिरिन्ज २ थान सहित चितवन रत्ननगर नगरपालिका ११ विश्वास टोल बस्ने ३३ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका १ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय १० ग्राम सहित धनुषा छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ३६ वर्षीय राम कैलाश अधिकारी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र।२.०२.००३ प ५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका ४ जलदेवी टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल, नोर्फिन १८ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुल सहित म्याग्दे गाउँपालिका ४ बस्ने ३७ वर्षीय अमर आले समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
७ सय ९३ किलो गाँजा सहित ५ जना पक्राउ
काठमाडौं, ६ फागुन । मकवानपुर, भीमफेदी गाउँपालिका २ चुनियाबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ३८ किलोग्राम सहित कैलाश गाउँपालिका १० बस्ने २७ वर्षीय राम बहादुर मोक्तान समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको लु.१ च २१५२ नम्बरको बोलेरो गाडी र बा. प्र.०३.००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
धनकुटा, साँगुरीगढी गाउँपालिका ७ गर्जुवास्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ किलोग्राम सहित सोही गाउँपालिका ७ बस्ने ३३ वर्षीय प्रकाश राई समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
ललितपुर, बाग्मती गाउँपालिका ३ छपेलीबाट करिब १ सय ५० किलोग्राम गाँजा सहित मकवानपुर हेटौंडा बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय नगेन्द्र श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना.३ च ४०५ नम्बरको हात्ती गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको हो ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
भोजपुर, ६ फागुन । षडानन्द नगरपालिका ३ खार्ताम्छाबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३४ वर्षीय विशाल तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
भरूवा बन्दुक बरामद
कास्की, ६ फागुन । माछापुच्छ्रे गाउँपालिका २ मेप्प्राङबाट १ थान भरूवा बन्दुक मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सर्दीखोलाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बाटोको छेउमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


