
आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलाकाे ४ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजाे सुन तोलाकाे ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाकाे १ सय ८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे चाँदी तोलाकाे ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


