Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँदै

०७ बिहिबार , फाल्गुण २०८२१२ घण्टा अगाडि

आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँदै

आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाइँदै छ । जहानियाँ राणा शासनको अन्त्य गरि २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरिएकाे दिनकाे सम्झनामा याे दिवस मनाउन थालिएकाे हाे ।

त्यसैगरि आज प्रजातन्त्र दिवसकाे अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलकाे सहभागीत हुनेछ । त्यसैगरि समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसँगै संवैधानिक अंगका प्रमुखको उपस्थिति रहने बताइएकाे छ ।

उक्त कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा ज्यानकाे आहुती दिने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । साथै, प्रजातन्त्र दिवसको अवसरमा सरकाले आजका लागि सार्वजनिक बिदासमेत दिएको छ ।