Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बनेपामा स्कुटरलाई ठक्कर दिने टिपर जलाइयाे

०६ बुधबार , फाल्गुण २०८२१० घण्टा अगाडि

बनेपामा स्कुटरलाई ठक्कर दिने टिपर जलाइयाे

काभ्रेको बनेपामा स्कुटरलाई ठक्कर दिने टिपर जलाइएकाे छ । अरनिको राजमार्ग अर्न्तगत काभ्रेको बनेपास्थित दूरसञ्चारकाे टावर अगाडी टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि टिपर जलाइएकाे हाे ।

आज बिहान बागमती प्रदेश ०१– ००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनामा स्कुटरका चालकको मृत्यु भएको र पछाडी बस्ने एकजना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

मृतक र घाइते परिचय खुल्न नसकेको र अहिले दुर्घटना क्षेत्र तानवग्रस्त बनेको छ भने आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् । स्थानीयलाई रोक्न प्रहरीले केही सेल अश्रुयास र रबरको गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिएका छन् ।

अहिले बनेपास्थित अरनिकाे राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।