Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

आज २१५३ औँ ग्याल्पो लोसार मनाइँदै

०६ बुधबार , फाल्गुण २०८२८ महिना अगाडि

आज २१५३ औँ ग्याल्पो लोसार मनाइँदै

आज बौद्धधर्मालम्वीहरुले २१५३ औँ मे फो त लो ग्याल्पो लोसार पर्व मनाउँदै छन् । बौद्धधर्मालम्वीहरुले विभिन्न कार्यक्रम गरी मनाउने याे पर्वलाई नयाँ वर्षकाे अन्तिम लोसारको रूपमा मनाउने गर्दछन् ।  

नयाँ वर्षका रूपमा बौद्धधर्मालम्वीहरुले मनाउने याे पर्वमा लो काे अर्थ वर्ष र सार काे अर्थ नयाँ भन्ने बुझाउँछ । कोङपो, तोला, सोनाम पछि आउने यो ग्याल्पो लोसार आज विश्वभरका बौद्धधर्मालम्वीहरुले मनाउने गर्दछन् ।

ग्याल्पो लोसार पर्व अन्तिम लोसार पर्व भएकाले याे लाेसार शेर्पा, तामाङ, हेल्मो, थकाली, भोटे लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले गाउँघर, टोल, बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गरेर नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक, खाप्से, रिल्दुक, रिकुर लगायतका खाना खाएर एक आपसमा शुभकामना आदानप्रदान गर्दै मनाउने परम्परा रहेको छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो लोसार मनाइन्छ । नयाँ वर्षका रूपमा मनाइने ग्याल्पो लोसारले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास रहेकाे छ ।