Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रहरी सकृयताका समाचारहरू

०६ बुधबार , फाल्गुण २०८२१३ घण्टा अगाडि

प्रहरी सकृयताका समाचारहरू

चाँदीका दाना सहित एकजना पक्राउ
काठमाडौं, ५ फागुन । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम तौल भएको चाँदीका दाना सहित पर्सा फेटा गाउँपालिका ६ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१.००६ ख ५५२९ नम्बरको बसमा सवार उनलाई उक्त चाँदीका दाना सहित पक्राउ गरेको हो ।

हतियार देखाएर मोटरसाइकल लुटने पक्राउ
काठमाडौं, नागार्जुन नगरपालिका २ सानो भर्‍याङ स्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका दुई जना व्यक्तिहरूले रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिइ फरार भएकोमा प्रहरील े काठमाडौं, नागार्जुन नगरपालिका २ तीनघरे स्थितबाट नागार्जुन नगरपालिका ३ ठुलोभर्‍याङ बस्ने वर्ष १९ को अनिस सोनाम र  रसुवा धुन्चे घर भइ नागार्जुन नगरपालिका २ सानोभर्‍याङ बस्ने वर्ष १८ को राजन तामाङलाई पक्राउ गरेको छ ।

चाँदीका दाना पक्राउ
फागुन ०५ गते नागढुङ्गा स्थित चेक प्वाइन्टमा बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ५५२९ नम्बरको यात्रु वाहक बसबाटख जिल्ला पर्सा, फेटा गाउँपालिका ६ बस्ने वर्ष १७ को आशु श्राबलाई निजको साथमा रहेको कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा बाह्र लाख चौध हजार पाँच सय बीस रुपैयाँ बराबरको तौल २ केजी ९०० ग्राम चाँदीका दाना सहित पक्राउ गरेको छ ।

११ सय १५ किलो गाँजा सहित तीन जना पक्राउ
सुनसरी, धरान उपमहानगरपालिका २० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका ८ बस्ने संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका ८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश ०१.०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमारलाई पक्राउ गरेको हो । यसैगरी बिएसि ३२३६ नम्बरको गाडीबाट २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा फेला पारी चालक नगेन्द्र राजलाई पक्राउ गरेको हो । 
    पर्सा, पकाहा मैनपुर गाउँपालिका २ कट्टी बालुवामा अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्राम सहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, तारकेश्‍वर नगरपालिका ४ दगुर्नेपानी बस्ने काठमाडौं महानगरपालिका १६ बाईसधारा घर भएका ३५ वर्षीय प्रताप शाही समेत २ जनालाई नियन्त्रित लागूऔषध फेनारगन २३ एम्पुल, डाईजेपाम २३ एम्पुल, नोर्फिन २३ एम्पुल र नगद १ लाख २ हजार ७ सय ४० रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ७ सय ३० मिलिग्राम सहित चिङ्गाड गाउँपालिका ७ बस्ने ४७ वर्षीय ललित चन्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १४ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय मिनिष पन्त र २० वर्षीय विवेक कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटीकोईलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको क.प्र.०२.००२ प ३४४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
सिराहा, लहान नगरपालिका(६ राधा कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही नगरपालिका ६ बस्ने २५ वर्षीय सुमित यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कास्की, पोखरा महानगरपालिका(११ फूलबारी डेरा गरी बस्ने स्याङ्जा घर भएका ३१ वर्षीय सुरज सार्कीलाई नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
दाङ, तुलसीपुर उपमहानगरपालिका ५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६० ट्याब्लेट र ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपलिका(१ छोटे बस्ने २२ वर्षीय सुनिल वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
कैलाली, धनगढी उपमहानगरपालिका ३ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका ३ बस्ने २७ वर्षीय बिबेक गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
बाँके, कोहलपुर नगरपालिका(१२ गैरी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका(३ बस्ने १९ वर्षीय आशिष बिक्रम शाही समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका(१५ चुम्लुङपथ बस्ने २४ वर्षीय संदिप लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
कञ्चनपुर, भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्कस्थित राजकिरण फेन्सी स्टोरबाट नियन्त्रित लागूऔषध डाईजेपाम  ३९ एम्पुल, फेनारगन ३४ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल सहित सोही स्टोरका संचालक भीमदत्त नगरपालिका ६ ऐठपुर बस्ने २७ वर्षीय किरण जोशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
    
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, ५ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्ने झापा अर्जुनधारा नगरपालिका ६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका ७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने झापा अर्जुनधारा नगरपालिका ५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका १३ बस्ने गोरखा गण्डकी गाउँपालिका(१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  
पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका २६ बाट र निमालाई काठमाडौं महानगरपालिका(६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका(२६ बाट सोमबार पक्राउ गरेको हो । 
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं, ५ फागुन । चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका ८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका(८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । 
कीर्तिपुर नगरपालिका ४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका(४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ ।

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
कास्की, ५ फागुन । गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका(२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका १३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । 
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 
उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सुर्खेत, ५ फागुन । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका(१ बस्ने २३ वर्षीय बिमल विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिमलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद
सल्यान, ५ फागुन । शारदा नगरपालिका(१५ छापास्थित शारदा सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।