Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निर्वाचन सफल पार्न राष्ट्रपति पौडेलको आह्वान

०५ मंगलबार , फाल्गुण २०८२१५ घण्टा अगाडि

निर्वाचन सफल पार्न राष्ट्रपति पौडेलको आह्वान

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शेर्पा संघले आयोजना गरेको २१५३ औँ ग्याल्पो ल्होसारलाई सम्बोधन गर्दै उक्त आव्हान गरेका हुन् ।

राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसार मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिँदै सबैलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन आह्वान गरेका छन् । उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै राष्ट्रपति पौडेले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको समेत जिकिर गरेका छन् । राष्ट्रपति पौडेलले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन लागेको र उक्त निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने बताए ।