Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पर्सामा १६० किलो गाँजासहित कार चालक पक्राउ

०५ मंगलबार , फाल्गुण २०८२१९ घण्टा अगाडि

पर्सामा १६० किलो गाँजासहित कार चालक पक्राउ

पर्सामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले १६० किलो गाँजासहित कार चालक पक्राउ गरेकाे छ । टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको हाे ।  

संयुक्त टोलीले हिजाे पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र ३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको बताइएकाे छ । पक्राउ परेकाे चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताएका छन् । साथै, प्रहरीले चालक घलानको साथबाट २२ हजार ५ सय नगद र एक स्मार्टफोनसमेत बरामद गरेको छ ।