
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ । गएराति गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्किएकाे हाे ।
काठमाडौंबाट धनगढीका लागि उडेको जहाज अवतरण अवतरण हुन नसकेपछि काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका थिए । जहाजमा रहेका यात्रुले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताइएकाे छ ।
यता एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई आज बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए । उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९:४५ बजे उडेको थियो ।
धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२:०० बजे जहाज काठमाडौं फर्किएकाे हाे । जहाजमा चालक दलका सदस्यसहित ८० यात्रु सवार रहेका थिए ।


