Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बढ्दो अपराध, सकृय प्रहरी

०५ मंगलबार , फाल्गुण २०८२२० घण्टा अगाडि

बढ्दो अपराध, सकृय प्रहरी

फागुन २ गते प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ९ तिलगंगा स्थित सडक खण्डमा जिल्ला चितवन, इच्छाकामना गाउँपालिका ७ जाङजुगे घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ८ विजयचोक डेरा गरी बस्ने वर्ष ३६ को लालबहादुर तामाङलाई चेकजाँच गर्दा निजले बोकेको कालो रङको झोलामा लागु औषध गाँजा ४ केजी फेला पारी सोधपुछ गर्दा निजको डेरा कोठामा समेत लागु औषध गाँजा रहेको खुल्न आएकोमा निजको कोठा डेरा खानतलासी गर्दा थप लागु औषध गाँजा ४ केजी फेला पारी जम्मा ८ केजी लागु औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।

चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा स्थित एक घरमा डेरा गरी बस्ने व्यक्तिले लागु औषध बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भइ प्रहरी प्रभाग बलम्बु बाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, थाहा नगरपालिका १२ घर भइ जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा डेरा गरी बस्ने वर्ष ५६ की संच माया तामाङको कोठा खानतलासी गर्दा लागु औषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ५ केजी, ट्रामाडोल क्याम्सुल २५ पत्ता र नगद २,६२,६५०।– सहित निज संच मया तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको ।

फागुन ३ गते कीर्तिपुर नगरपालिका ४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ४ चम्पादेवी बसपार्क नजिकबाट निम्न २ जनालाई तपसिलमा उल्लिखित चोरीका सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको ।
पक्राउ परेका मानिसहरू
१। जिल्ला काभ्रेपलान्चोक, चौंरीदेउराली गाउँपालिका ८ घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ४ चम्पादेवी बसपार्क बस्ने वर्ष २६ को भुवन प्रधान 
२। जिल्ला रामेछाप, मन्थली नगरपालिका ८ घर भइ ऐ। बस्ने वर्ष १९ की सुनिता बस्याल 
बरामद सामानहरू
१। नगद रु।१,४८,४४९ ।( ९अक्षरेपि एक लाख अठचालीस हजार चार सय उनन्चास 
२। चाँदीको ब्रास्लेट थान  १ 
३। सुनको टप  १ जोर
४। सुनको सानो तिलहरी थान  १ 
५। सुनको लकेट चोकर थान  १ 
६। सुनको सिक्री थान  ३ 
७। सुनको औंठी थान २ 
८। माईली तिलहरी ९पोते काटेको० थान  १ 
९। माईलि तिलहरी ९पोते सहित० थान  १

मिति २०८२।११।०१ गते चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा चितवनबाट काठमाडौं तर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त कारमा कालो रङको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा फेला परेको पेस्तोल थान  १, गोली ४ राउण्ड  र उक्त सवारी साधन सहित कीर्तिपुर नगरपालिका २ बस्ने वर्ष ३० को केयुर पुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको  ।

काठमाडौं स्थित कारागारहरूमा विभिन्न कसूरमा कैद भुक्तान गरिरहेका निम्न कैदीबन्दीहरू भाद्र २४ गते कारागारबाट फरार रहेकोमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयहरूबाट खोजतलास गर्ने क्रममा मिति २०८२।११।०३ गते पक्राउ गरिएको छ ।
पक्राउ परेका मानिसहरू 
१। जिल्ला रसुवा, उत्तरगया गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने वर्ष ४१ को तेन्जिङ बहादुर तामाङ ९डाँका चोरी मुद्दा०  
२। जिल्ला लमजुङ, दूधपोखरी गाउँपालिका ४ घर भइ जिल्ला काठमाडौं, कलंकी बस्ने वर्ष २० को प्रितम गुरुङ (चोरी मुद्दा) 
३। जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका घर भइ जिल्ला काठमाडौं, सुन्धारा बस्ने वर्ष २३ को बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा) 
४। जिल्ला काभ्रेपलान्चोक, ठाँटि चापखोरी घर भएको वर्ष २२ को विक्रम नेपाली (नकवजनि चोरी मुद्दा)
५। जिल्ला दोलखा, मेलुङ गाउँपालिका २ घर भएको वर्ष २७ को भुवन तामाङ (लागु औषध मुद्दा)
६। जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका ३ घर भएको वर्ष २० को अनिस मगर (ज्यान मार्ने उद्योग मुद्दा) 
७। देश भारत घर भएको वर्ष २६ को रोसन साह (लागु औषध मुद्दा)

अवैध लागूऔषध सहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ
काठमाडौं, ४ फागुन । मोरङ, बिराटनगर महानगरपालिका(१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका ३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका(९ बगैँचा लाइनबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ६० ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी, ४१ वर्षीय हेमन्त लामा र कोशी गाउँपालिका(५ कुमयाही बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं, ४ फागुन । झापा, बिर्तामोड नगरपालिका ७ मियाबारी बस्ने २३ वर्षीय मागु मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
सुर्खेत, गुर्भाकोट नगरपालिका ८ सुभाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका १२ बस्ने ३० वर्षीय हेमराज मल्ललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
     
भरूवा बन्दुक सहित एक जना पक्राउ
काभ्रे, ४ फागुन । पनौती नगरपालिका ६ गणेशथान बस्ने ४६ वर्षीया सुनिता श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र भरूवा बन्दुक बरामद
काठमाडौं, ४ फागुन । झापा, कनकाई नगरपालिका(८ मिश्रा टोल बस्ने २२ वर्षीय सौगात थापा मगरको घर पछाडी रहेको कुखुराको खोरबाट पेस्तोल १ थान र गोली ४० राउण्ड आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार सौगातको खोजी गरिरहेको छ ।
    संखुवासभा, सभापोखरी गाउँपालिका ३ ईथुम्बुस्थित देवीथान जंगलबाट भरूवा बन्दुक १ थान आइतबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बाह्रबीसेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
    कैलाली, मोहन्याल गाउँपालिका(७ स्थित नेपाने जंगल छेउबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
    धनकुटा, चौबीसे गाउँपालिका ६ स्थित कमाने जंगलबाट भरूवा बन्दुक १ थान आइतबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।