Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

तुम्लिङटार विमानस्थल सञ्चालनमा

०४ सोमबार , फाल्गुण २०८२२ महिना अगाडि

तुम्लिङटार विमानस्थल सञ्चालनमा

मौसम प्रतिकूलकाे कारण बिगत १० दिनदेखि बन्द रहेकाे तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएसँगै आजदेखि विमानस्थलबाट काठमाडौँ उडान भएकाे हाे ।

प्रतिकूल मौसमका कारण तुम्लिङटार विमानस्थल बन्द रहेकाेमा आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जनाएका छन् ।

मौसम प्रतिकूल भएर तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियाे । उक्त विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।