Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

०४ सोमबार , फाल्गुण २०८२२ महिना अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

गएराति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल नियमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे हाे ।

नियमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलटर ३ रुपैयाँले बढेको हाे । बढेकाे मूल्यसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा १ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको हाे ।

त्यसैगरी सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएकाे छ ।