
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको बताइएकाे छ ।
गएकाे शुक्रबार छापावाल सुन तोलाकाे ३ लाख ३ हजार ५ सय रुपैयाँ काराेबार भएको थियो । त्यसैगरि आज चाँदीको मूल्य भने घटेकाे छ । शुक्रबार तोलाकाे ५ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।


