Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सेनाले मनायाे २६३औँ वार्षिकोत्सव तथा सेना दिवस

०३ आइतबार , फाल्गुण २०८२१६ घण्टा अगाडि

सेनाले मनायाे २६३औँ वार्षिकोत्सव तथा सेना दिवस

सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहका नेपाली सेनाले २६३औँ वार्षिकोत्सव तथा सेना दिवस भव्य रुपमा मनाएकाे छ । महाशिवरात्रिको अवसरमा सेनाले विगत लामो समयदेखि ‘सेना दिवस’ मनाउँदै आएको हाे ।

उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगेका राष्ट्रपति पौडेललाई सेनाको एक टोलीले सलामी अर्पण गरेकाे थियाे भने राष्ट्रपतिले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सरकारका उच्च पदस्थ अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू एवं विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समाराेहमा सेनाका विभिन्न गुल्म र गणहरूबाट आकर्षक मार्चपास्ट, राइफल तथा तोपको हर्षबढाइँ, खुकुरी ड्रिल र मास पिटी प्रस्तुत गरिएको थियो भने विभिन्न जातजातिको पहिचान झल्किने परम्परागत सांस्कृतिक झाँकी र नाचहरूले समारोहलाई थप रोचक बनाएकाे थियाे ।