Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बारामा आमाको नामबाट नागरिकता

०१ शुक्रबार , फाल्गुण २०८२२ महिना अगाडि

बारामा आमाको नामबाट नागरिकता

बारा जिल्ला प्रशासन कार्यालयले बाबुको पहिचान नखुलेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार हिजाे पहिलाे दिन २ जनालाई अंगीकृत नागरिकता दिइएको हाे ।

आमाको नामबाट कलैया उपमहानगरपालिका-५ की कान्तीदेवी कुर्मीको छोरा सुरत राउत र वडा नम्बर ४ की चन्दकुमारी क्षेत्रीका छोरा सागर सिंहलाई आमाको नामबाट अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र दिइएको हाे ।

उनीहरू दुवैलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नागरिकता दिएका थिए । नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ अनुसार उनीहरूलाई नागरिकताकाे प्रमाणपत्र प्रदान गरिएको बताइएकाे छ ।