
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारि ८० लाख ठगि गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी सम्सीपालिका–१, का जटाधर राउत, सोलुखुम्बु थुलुङपालिका–३, का थमराज नेपाली र ललितपुर महालक्ष्मी नगरपालिका–१, का रामकुमार राई रहेका छन् ।
प्रहरीले ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ गरेर सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ । उनिहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पाँच जना पीडितबाट उक्त रकम विभिन्न समयमा लिएका थिए ।


