Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

माघ महिनामा १० हजार बढि तीर्थालु पाथीभरामा

०१ शुक्रबार , फाल्गुण २०८२२० घण्टा अगाडि

माघ महिनामा १० हजार बढि तीर्थालु पाथीभरामा

माघ महिनामा मात्रै १० हजार बढि तीर्थालु भक्तजनले पाथीभरा दर्शन गरेका छन् । ताप्लेजुङ जिल्लामा रहेकाे प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिना भरिमा १० हजारभन्दा बढी भक्तजन पुगेका हुन् ।

आज पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३ सय २३ जनाले पाथीभराको दर्शन गरेकाे बताइएकाे छ । साथै, माघ महिनामा १८ लाख ४७ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएकाे छ ।

त्यस्तै गत पुस महिनामा ५ हजार ९ सय ११ जनाले पाथीभराको दर्शन गरेका भएपनि चिसो घट्दै गएकाले माघ महिनामा भक्तजनको सङ्ख्या क्रमशः बढ्दै गएको हाे । भारतसहित विभिन्न मुलुकबाट समेत दर्शनार्थी आउने पाथीभरा मन्दिरकाे समितिले हरेक महिनाको अन्त्यमा भेटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्दै आएकाे छ ।