
आज बागलुङमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१, रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस दुर्घटनामा परेकाे हाे ।
उक्त दुर्घटनाका घाइते विद्यार्थीलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाएका छन् । दुर्घटनाका घाइतेमध्ये तीन जना विद्यार्थीको अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।
उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको प्रहरीले बताएकाे छ ।


