Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

इन्टरपोल मार्फत १० जना नेपाल फिर्ता

३० बिहिबार , माघ २०८२६ घण्टा अगाडि

इन्टरपोल मार्फत १० जना नेपाल फिर्ता

नेपालमा अपराध गरी विदेश भागेका १० जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकाेमा रेड नोटिस जारी भएका आठ र डिफ्युज जारी भएका दुई गरि १० जनालाई नेपाल ल्याएको हाे ।

स्वदेशमा विभिन्न खाले अपराध गरी विदेश भागेका उनिहरूलाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले जनाएका छन् । अघिल्लाे वर्ष १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।

अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी क्रियाशील रहेकाे र अपराधीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेकाे पनि बताइएकाे छ । यता फरार प्रतिवादीहरूको अन्तरराष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले नोटिस जारी गर्दै आएको छ ।