Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

नेपालले विश्वकपकाे दाेश्राे खेल इटलीसँग खेल्दै

३० बिहिबार , माघ २०८२७ घण्टा अगाडि

नेपालले विश्वकपकाे दाेश्राे खेल इटलीसँग खेल्दै

आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गतकाे दाेश्राे खेलमा नेपालले इटलीसँग प्रतिस्पर्धा गर्दैछ । भारतकाे मुम्बईस्थित वाङ्खेडे स्टेडियममा दिउँसो सवा ३ बजे प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

यसअघिकाे खेलमा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डसँग र इटली अर्को एसोसियट राष्ट्र स्कटल्यान्डसँग पराजित भएकाे थियाे भने दुवै टाेलि जितको खोजीमा प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । दुवै टाेलि समूह ‘सी’ मा रहेका टाेलि हुन् ।

यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत नेपाल र इटलीबीच प्रतिस्पर्धा भएको थियो भने झण्डै १३ वर्षपछि फेरि नेपाल र इटाली आमनेसामने हुन लागेका हुन् । सन् २०१४ को टी-२० विश्वकपमा बंगलादेशमा अफगानिस्तानलाई पराजित गरेकाे नेपालले त्यसपछि विश्वकपको मञ्चमा कुनै पनि खेल जित्न सकेकाे छैन भने आज इटलीलाई पराजित गर्न सके नेपालले १२ वर्षपछिको त्यो प्रतीक्षालाई पूर्णविराम लगाउनेछ ।

त्यस्तै नेपाललाई अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब रहेकाे छ ।