Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

जीप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

२९ बुधबार , माघ २०८२४ घण्टा अगाडि

जीप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

आज बिहान रुकुममा जीप दुर्घटना हुँदा चालककाे मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् । रुकुमपूर्वबाट तुलसीपुरतर्फ गइरहेको ग १ ज ५६६१ नम्बरको जिप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३, चोरखोला नजिकै दुर्घटना भएकाे हाे ।

उक्त दुर्घटनामा चालककाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।

उक्त दुर्घटनाका अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालक र दुई महिला रहेकाे प्रहरीले बताएकाे छ ।