Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

रामेछापमा बस दुर्घटना चार जनाको मृत्यु

२८ मंगलबार , माघ २०८२१५ घण्टा अगाडि

रामेछापमा बस दुर्घटना चार जनाको मृत्यु

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि बसका चालक सहित ६ जना घाइते भएका छन् ।

ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बस रामेछापको धोबी हुँदै ओखलढुंगा गइरहेको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएकाे छ । बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ भने उद्धार गरिएका केही घाइतेहरुकाे नजिकैको अस्पताल लगिएको छ  ।

प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशीमा खसेकाे छ भने बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेकाे छैन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।