Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

हंसपुर नगरपालिका प्रमुख यादवको निधन

२८ मंगलबार , माघ २०८२१६ घण्टा अगाडि

हंसपुर नगरपालिका प्रमुख यादवको निधन

धनुषा जिल्लाको हंसपुर नगरपालिकाकाे नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । गएकाे बिहिबार राति मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियाे ।

मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको भएपनि उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि यादवलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएकाे थियो । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा गएराति निधन भएको हो ।

उच्च रक्तचापका कारण नगर प्रमुख यादवलाई मस्तिष्कघात भएको थियो । ५५ वर्षका यादव नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका थिए ।