Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

तत्काल अनावश्यक ग्यास खरिद नगर्न आग्रह

२८ मंगलबार , माघ २०८२१९ घण्टा अगाडि

तत्काल अनावश्यक ग्यास खरिद नगर्न आग्रह

खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न नेपाल आयल निगमले आग्रह गरेको छ । निगमले तत्काल आवश्यक मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाे जनाएकाे हाे ।

निगमले हिजाे एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको छ । आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको बताइएकाे छ ।

अहिले दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जनाएका छन् । यता काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेकाे निगमले जनाएको छ ।